एजेन्सीः अमेरिकाका पूर्व राष्ट्रपति डाेनाल्ड ट्रम्पकाे एक भिडियाे फेसबुकले हटाएकाे छ। पूर्व राष्ट्रपति ट्रम्पकी बुहारी लारा ट्रम्पले आफ्नाे फेसबुक पेजमार्फत पाेस्ट गरेकाे एक भिडियाे फेसबुकले हटाएकाे हाे।
लारा ट्रम्पले फेसबुकमा डाेनाल्ड ट्रम्पकाे अन्तर्वार्ता भिडियाे पाेस्ट गरेकी थिइन्। अन्तर्वार्ता उनले स्वयं गरेकी थिइन्। फेसबुकले साे भिडियाे हटाएसँगै लाराले फेसबुकले पठाएकाे इमेलसहितकाे स्क्रिनसट पाेस्ट गरेकी थिइन्।
इमेलमा भनिएकाे छ- 'डाेनाल्ड ट्रम्पकाे फेसबुक र इन्सटाग्राम अकाउण्टमा लगाइएकाे प्रतिबन्धकाे अनुरुप ट्रम्पकाे आवाजमा पाेस्ट गरिएका अन्य कुनै पनि सामाग्री हटाइनेछ साथै साे पाेस्ट गर्ने अकाउण्टमा थप सीमितता प्रदान गरिनेछ।'
ट्रम्पलाई फेसबुकले ह्वाइट हाउस दंगा भएकाे भाेलिपल्टै गत जनवरी ७ मै प्रतिबन्ध लगाइसकेकाे छ भने उनलाई ट्वीटर र युट्युबमासमेत प्रतिबन्ध लगाइसकिएकाे छ।
प्रतिक्रिया