काठमाडौं : वरिष्ठ कलाकार अरुणा हिङमाङ्ले नेपालमा महिला कलाकार स्थापित हुन निकै चुनौती सामना परिरहेको बताएकी छन् । मर्यादा मिडियासँगको कुराकानीमा पूर्व प्राज्ञ समेत रहेकी कलाकार हिङमाङ्ले नेपाली महिला कलाकारले घरदेखि कार्यस्थलसम्म नै अनेक चुनौती खेप्नु परिरहेको बताइन् ।
उनले भनिन्, 'महिलाहरुले पारिवारिक जिम्मेवारीदेखि लिएर कला सिर्जनाको क्षेत्रलाई पनि सँगसँगै लैजान त अलि गाह्रो नै पर्छ । तर परिवारको सहयोग पायो भने असम्भव पनि छैन' ।
उनले कला क्षेत्रमा महिला सहभागिता पहिलेभन्दा उल्लेखनीय देखिएपनि सन्तोषजनक नरहेको बताइन् । उनका अनुसार विवाहअघि भन्दा विवाहपश्चात् महिलाहरुको कला क्षेत्रमा कम उपस्थिती हुने गरेको छ ।
नेपाली कला क्षेत्रमा व्याप्त राजनीतिका कारण पनि महिला कलाकार पछाडि परेको उनको बुझाइ छ । कलाकारलाई पनि अघि बढ्न राजनीतिको सहारा लिनुपरेको भन्दै जुन कलाकारको राजनीतिक पहुँच छ उसैले राज्यबाट पनि राम्रो अवसर पाउने गरेको बताएकी छन् ।
हेर्नुहोस् भिडियो....
प्रतिक्रिया