काठमाडाैंः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी साउनदेखि वृद्धभत्ता बढाउने घोषणा गरेका छन्। मंगलबार भृकुटीमण्डपस्थित रिपोर्टस क्लबको वार्षिकाेत्सव कार्यक्रममा बोल्दै उनले साउन १ गतेदेखि वृद्धभत्तालगायतका अन्य सामाजिक सुरक्षा भत्ता बढ्ने घोषणा गरेका हुन्।
उनले भने- ‘सरकारले नागरिकको लागि काम गरेकोमा केही व्यक्तिले आपत्ति जनाइरहेका छन्। साउन १ गतेदखि लागू हुने गरी सामाजिक सुरक्षा भत्ता बढाइनेछ। कसैलाई आपत्ति भए पनि होस्।’
प्रतिक्रिया