चितवनः जिल्लाकाे पकौडी बजारमा भएको दुर्घटनामा स्कुटरलाई ठक्कर दिने बसका चालकविरुद्ध सवारी ज्यान मुद्दा दर्ता भएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार स्कुटरलाई ठक्कर दिने ना५ख २१५० नंको यात्रुवाहक बसका चालक ३४ वर्षीय रमेश दुराविरुद्ध सोमबार सवारी ज्यान मुद्दा दर्ता भएको छ।
दुरा माडी नगरपालिका–९ का स्थायी बासिन्दा हुन्। दुराले चलाएको बसले शनिबार साँझ ना४०प ७९८२ नंको स्कुटरलाई भरतपुर महानगरपालिका–२२ पकौडी बजारमा ठक्कर दिँदा एकै परिवारका तीन जनाको निधन भएको थियो।
मृतक तीनै जनाको सोमबार देवघाटमा अन्त्येष्टि गरि सकिएको छ।
भरतपुर महानगरपालिका–६ का ४५ वर्षीय मोहन अधिकारी, उनकी छोरी १७ वर्षीया विनिशा अधिकारी र उनकी दाइकी छोरी १७ वर्षीया दिविशा अधिकारीकाे बसकाे ठक्करबाट शनिबार निधन भएकाे थियाे।
बसका चालक दुरा प्रहरी नियन्त्रणमा रहेका छन्। दुर्घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
प्रतिक्रिया