बागलुङः होलीकाे अवसरमा लागेको मेलामा दोहोरो झडप हुँदा दुई युवाकाे निधन भएकाे छ। बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ बल्देधुरीमा आइतबार दिउँसो दुई समूहबीच झडप हुँदा दुई जनाको निधन भएकाे हाे।
झडपपछि निसीखोला गाउँपालिका–७ का ३६ वर्षीय प्रकाश कुँवर र सोही ठाउँका ३४ वर्षीय दीपक दमाईको निधन भएको छ।निधनकाे विषयमा अनुसन्धान गर्न प्रहरी प्रमुखको टोली घटनास्थलतर्फ लागेको छ। घटनाका विषयमा अनुसन्धानका लागि जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक कृष्णबहादुर पल्ली मगरको टोली घटनास्थलतर्फ लागेको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरीक्षक इकवाल हवारीका अनुसार घटना भएलगत्तै मगरको कमाण्डमा ११ जनाको टोली बुर्तिबाङ प्रस्थान गरेको हो।
मृतकको शव परीक्षणका लागि बुर्तिबाङ प्राथमिक स्वास्थ्यचौकीमा हिजो राति नै ल्याइएको हवारीले बताए। उनीहरूको भिरबाट ५०० मिटर तल खसेको अवस्थामा शव भेटिएको थियो। मृतक कुँवर नेपाली कांग्रेसका जिल्ला सदस्यसमेत थिए।
स्थानीयवासीका अनुसार दिउँसो मदिरा खाएर होली मनाउन जम्मा भएका युवाहरू बीचमा भनाभन हुँदा झडप भएको थियो।
प्रतिक्रिया