लेटेस्ट न्युज
advertisement1

वायु प्रदुषणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण अवरुद्ध

Maryada News 2021-03-26 17:14:59
वायु प्रदुषणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण अवरुद्ध

काठमाडौंः वायु प्रदुषणका कारण शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण अवरुद्ध भएको छ। शुक्रबार दिउँसाे भारततर्फबाट आएको प्रदुषणयुक्त तुवाँलोका कारण आन्तरिक र वाह्य सेवा उडान प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ।

विमानस्थलमा 'भिजिबिलिटी डाउन' भएसँगै काठमाडौंमा अवतरणका लागि आएका विमान अन्यत्र माेडिएका छन् भने केही जहाज हाेल्ड भएका छन्।

यस्तै आन्तरिकतर्फ सिमरा, विराटनगर, पोखरा लगायत विभिन्न गन्तव्यमा भइरहेको नियमित उडान अवतरण समेत हुन सकेकाे छैन। भरतपुरकाे उडान सबैभन्दा धेरै प्रभावित भएकाे विमानस्थलले बताएकाे छ। 

कुनै पनि विमान उडानका लागि ८ सय मिटरसम्मकाे भिजिविलिटी चाहिन्छ भने अवतरणका लागि साना विमानलाई १६ सय र ठूलालाई २८ सय मिटरकाे भिजिविलिटी चाहिन्छ। हाल काठमाडाैंकाे भिजिविलिटी चाहिने भन्दा निकै न्यून भएकाे बताइएकाे छ।

हावाकाे प्रदूषण मापन बताउने वेवसाइट आइक्यु एयर डट कमले शुक्रबार दिउँसो केहीबेर काठमाडौं चीनकाे राजधानी बेइजिङ्ग पछि विश्वकै दोस्रो वायु प्रदूषित शहर भएकाे देखाएकाे थियाे। 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्