लेटेस्ट न्युज
advertisement1

४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

Maryada News 2021-03-25 14:18:02
४० वर्ष भारतीय जेलमा बिताएका दुर्गाप्रसादले पाए नेपाली नागरिकता

इलामः भारतीय जेलमा बसकाे ४० वर्षपछि नेपाल फर्किएका इलामको माई नगरपालिका– १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन्। बिहीबार जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नेपाली नागरिकताकाे प्रमाणपत्र दिएको हो।

प्रदेश सरकारकाे दुर्गाप्रसादलाई तत्काल नागरिकता दिएर उपचार गराउने भन्ने निर्णयअनुसार उनलाई नागरिकता दिइएको जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले बताए।

प्रशासन कार्यालयमा उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईँले खादा ओढाएर सम्मान गरेका थिए। नागरिकता पाउँदा निकै खुसि लागेकाे दुर्गाप्रसादले बताए। 

एक महिलाको हत्या अभियोगमा उनी सन् १९८० मा दार्जिलिङबाट पक्राउ परेका थिए। यद्यपि हालसम्म पनि यो आरोप प्रमाणित भएको छैन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्