कञ्चनपुर । पश्चिम नेपालको कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका–२ मोतीबस्तीमा आफ्नै घरमा पालेको राँगाले हान्दा ७२ वर्षीय वासुलाल चौधरीको निधन भएको छ ।
गए राति पराल हाल्ने क्रममा चैधरीलाई राँगाले हानेको थियो । प्रहरीका अनुसार उनको घटनास्थलमै मृत्यु भएको थियो । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा भन्छन्– “राँगाले हान्दा चौधरी गम्भीर घाइते भएको र तत्कालै घटनास्थलमै मृत्यु भएको खबर छ, आज कानूनी प्रक्रिया पूरा गरेर शव आफन्तलाई दाहसंस्कारका लागि दिन्छौँ ।”
प्रतिक्रिया