लेटेस्ट न्युज
advertisement1

लामखुट्टे मार्न म्याद गुज्रिएकाे औषधिः स्थानीयकाे स्वास्थ्यमा समस्या, लामखुट्टे भने मरेन

Maryada News 2021-03-22 14:11:27
लामखुट्टे मार्न म्याद गुज्रिएकाे औषधिः  स्थानीयकाे स्वास्थ्यमा समस्या, लामखुट्टे भने मरेन

महोत्तरीः लामखुट्टे मार्नका लागि प्रयाेग गरिने औषधि म्याद गुज्रिएकाे परेपछि स्थानीयकाे स्वास्थ्यमा समस्या देखिएको छ।जिल्लाको जलेश्वर नगरपालिका–५ मा पर्सा, पतैली, चौरिया र बिसनपुरमा म्याद गुज्रिएका औषधि छर्किंदा स्थानीय बालबालिका, वृद्धवृद्धा र वयस्कसमेतमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्वास्थ्यकर्मी सरोज चौधरीले बताए।

उनका अनुसार औषधिबाट लामखुट्टे भने मरेको छैन। यता औषधि छर्किएको केही घण्टापछि नै स्थानीयमा जीउ चिलाउने, ज्वरो आउने, बान्ता हुने, जीउ सुन्निने र रिँगटा लाग्नेलगायत समस्या देखिएको छ।

छरिएको औषधिको उत्पादन मिति २०१८ सेप्टेम्बर लेखिएको छ भने दुई वर्षसम्म म्याद रहने जनाएको छ। सो औषधिको म्याद गुज्रिएपछि औषधि छर्किएकाले स्थानीयवासीमा विभिन्न स्वास्थ्य समस्या देखिएको स्थानीय राजीव कापरले बताए।

वडाध्यक्ष राकेश राउतले भने स्थानीयमा देखिएको स्वास्थ्य समस्या औषधिको कारण नभएको दाबी गरेका छन्। उनले औषधिमा पानीको मात्रा मिलाएर नछर्किएको हुनसक्ने र सोही कारण केही फाट्टफुट्ट समस्या हुनेसक्ने बताए।

स्थानीयले जिल्ला अस्पतालबाट स्वास्थ्य टोलीको माग गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्