लेटेस्ट न्युज
advertisement1

तान्जानियाको पहिलो महिला राष्ट्रपति बनिन् सामिआ सुलुहु हसन 

Maryada News 2021-03-19 18:32:53
तान्जानियाको पहिलो महिला राष्ट्रपति बनिन् सामिआ सुलुहु हसन 

दारेसलाम : तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकी छन्। राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी हुन् । तान्जानिया राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति भएकी हुन् ।  तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बनेकी हुन् । 
     
हसनले इमानदार भई व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिएकी छिन् । संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो– चरणको बाँकीे अवधिमा काम गर्नेछिन् । सो अवधि सन् २०२५ सम्म रहनेछ ।     
     
पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए । तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नेछिन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्