लेटेस्ट न्युज
advertisement1

बङ्गलादेशमा थप पाँच दिन लकडाउन लम्बियो

Maryada News 2021-08-03 21:18:51
बङ्गलादेशमा थप पाँच दिन लकडाउन लम्बियो

ढाका : बङ्गलादेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी बन्दाबन्दी (लकडाउन)लाई थप कडाईका साथ आगामी पाँच दिनका लागि बिस्तार गर्ने निर्णय गरेको छ ।

सरकारले महामारी नियन्त्रणका लागि यस पहिले जारी गरेको लकडाउन १० अगष्टसम्मका लागि बढाउने निर्णय लिएको राजधानी ढाकामा मंगलबार आयोजित उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलनमा मन्त्री एकेएम मोजमेल हकले बताएका छन् ।

अगष्ट ११ देखि पदयात्री तथा यातायातमाथि आवतजावतमा लगाएको प्रतिबन्धलाई चरणवद्धरूपमा कम पार्दै लाने उनले बताए। उक्त दिनपछि सबै पसल तथा सपिङ मल पुनः सञ्चालनमा आउने उनले बताए ।

जुलाई २१ मा यहाँ मनाइने ईद अल–आदा पर्वको अवसरमा एक हप्तासम्म प्रतिबन्ध लगाएपछि बङ्गलादेशले जुलाई २३ देखि अगस्त ५ सम्म थप कडाइका साथ लकडाउनलाई निरन्तरता दिने बताएको थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्