लेटेस्ट न्युज
advertisement1

सेवाग्राहीको भीड घटाउन डिजिटल टोकन प्रणाली शुरु   

Maryada News 2021-03-18 21:26:43
सेवाग्राहीको भीड घटाउन डिजिटल टोकन प्रणाली शुरु   

लमजुङ : बेंसीशहर नगरपालिका– ८ मा रहेको जिल्ला प्रशासन कार्यालयले सेवाग्राहीका लागि आजदेखि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको छ । सेवाग्राहीको भीडलाई मध्यनगर गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने उद्देश्यले सो कार्यालयले नागरिकता, पासपोर्ट र राष्ट्रिय परिचयपत्र बनाउन आउने सेवाग्राहीका लागि डिजिटल टोकन प्रणालीको शुरुआत गरेको हो ।     
     
 क्वहोलासोथर गाउँपालिका– २ मालिङबाट नागरिकताका लागि आउनुभएका १८ वर्षीय साजन गुरुङलाई पहिलो टोकन लिन लगाएर शुभारम्भ गरिएको छ । बेंसीशहर– १ उदिपुरबाट आउनुभएका ५६ वर्षीय ललितबहादुर सुनारले राष्ट्रिय परिचयपत्र तथा सोही नगरपालिका वडा नं ६ बेलौतीविसनाका ३८ वर्षीय चन्द्रबहादुर रिमालले टोकन लिएका थियो ।

 तीन सेवाग्राहीलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले खादा ओढाएरले सम्मान गर्दै टोकन प्रणालीले कार्यालयका कर्मचारी र सेवाग्राहीलाई सहज पुगेको बताए । उनले अभिलेख शाखालाई पहिलाभन्दा व्यवस्थित बनाइएको जानकारी दिए ।

सो कार्यालयमा यी तीन सेवाका लागि मात्र दैनिक २०० को हाराहारीमा सेवाग्राही आउने गरेका प्रजिअ शर्माले बताए। नागरिकता शाखा, राष्ट्रिय परिचयपत्र शाखा र राहदानी शाखाका लागि आएका सेवाग्राहीले यहाँ रहेको मेशिनमा थिचेर आफ्नो टोकन नं प्राप्त गर्ने छन् भने सोही नम्बरका आधारमा पालैपालो सेवाग्राहीले सेवा प्राप्त गर्नेछन् । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्