लेटेस्ट न्युज
advertisement1

अब युट्युब शर्ट्सबाट पनि पैसा कमाउन सकिने 

Maryada News 2021-05-13 18:07:06
अब युट्युब शर्ट्सबाट पनि पैसा कमाउन सकिने 

काठमाडौं : युट्युबले शर्ट्स निर्मातालाई पैसा दिनका निम्ति १०० मिलियन डलरको कोष स्थापना गरेको छ । यो कोष आउँदो केही महिनामा सार्वजनिक हुनेछ र आगामी वर्ष शर्ट्स निर्माताहरुलाई दिइने छ । युट्युबले यो क्षेत्रमा एकदमै सक्रिय रुपले काम गरिरहेको बताएको छ । शर्ट्स बनाउने हरकोहीले यो योजनामा सहभागी हुन पाउनेछन् । यो योजनालाई सफल बनाउनका निम्ति युट्युबले आफ्नो कम्युनिटीसँग पनि सुझाव लिनेछ ।

शर्ट्स बनाउँदा कम्युनिटी गाईडलाइन मानेको र सक्कली कन्टेन्ट भएको हुनुपर्छ । शर्ट्सले दैनिक रुपमा ६.५ बिलियन भ्यु जम्म गर्न सकिरहेको छ । यसमा ६० सेकेण्ड सम्मको भिडियो क्लिप रेकर्ड गर्न सकिन्छ । शर्ट्सले स्वत: रुपमा क्याप्सन आउने फिचरमा पनि काम गरिरहेको छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्