काठमाडौं : भारतको नयाँदिल्लीमा गोली हानेर एक नेपाली महिलाको हत्या भएको छ । भारतको राजधानी समेत रहेको दिल्लीमै लुटेरा समूहले गोली प्रहार गरी महिलाको हत्या गरेको हो ।
मृत्यु हुनेमा नेपालको नुवाकोट जिल्ला स्थायी ठेगाना भएकी ४५ बर्षीय मिना तामाङ रहेको प्रहरीले जनाएको छ । तामाङले दिल्लीस्थित मजनुका टिलामा किराना पसल सञ्चालन गर्दै आएको बुझिएको छ ।
तामाङको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बुधबार बिहान पसल लुट्न आएका लुटेराहरुको प्रतिकार गर्न खोज्दा उनीमाथि गोली प्रहार भएको प्रहरीले बताएको छ ।
प्रतिक्रिया