लेटेस्ट न्युज
advertisement1

दलित युवतीलाई कोठा भाडामा नदिने घरबेटी पक्राउ, ३ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

Maryada News 2021-06-20 17:12:46
दलित युवतीलाई कोठा भाडामा नदिने घरबेटी पक्राउ, ३ दिन हिरासतमा राखेर अनुसन्धान गरिने

काठमाडौं : सञ्चारकर्मी रुपा सुनारलाई दलित भन्दै कोठा भाडामा दिन अस्वीकार गर्ने घरबेटी पक्राउ परेकी छन् । काठमाडौं ११ बबरमहल निवासी सरस्वती प्रधानलाई आइतबार महानगरीय प्रहरी वृत्त सिंहदरबारले पक्राउ गरेको हो ।  शुक्रबार जिल्ला अदालत काठमाडौंबाट अनुमति लिएर ५८ वर्षीया घरबेटी प्रधानलाई पक्राउ गरेको प्रहशरीले जनाएको छ । 

यस्तै पक्राउ परेकी घरबेटी सरस्वती प्रधानले ३ दिन प्रहरी हिरासतमा बस्नुपर्ने भएको छ । जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर पक्राउ गरिएकाले ३ दिन हिरासतमै राखेर अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । अनुसन्धानबाट आरोप प्रमाणित  कानुनी कारवाहीको प्रक्रियाका अघि बढाउने पनि प्रहरीले बताएको छ । 

घरबेटी प्रधानविरुद्ध पीडित सुनारले जातीय भेदभाव छुवाछुत तथा कसुर र सजाय ऐन २०६८ अनुसार जाहेरी दिएकी थिइन् । उनका अनुसार घरबेटी प्रधानले सबै कुरा मिलेपछि कोठा भाडामा दिनुअघि जात सोधेकी थिइन् । दलित समुदायको भन्ने थाहा पाएपछि भने भाडा दिन इन्कार गरेको रुपाले जाहेरीमा उल्लेख गरेकी छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्