सर्लाहीः मुख्यमन्त्री लालबाबु राउतले सडक दुर्घटनाका घाइतेकाे उद्धार गरेका छन्। सर्लाहीकाे लालबन्दी नगरपालिकास्थित रानिगञ्जमा जङ्गल क्षेत्रमा माेटरसाइकल दुर्घटना भइ लडेका घाइतेलाई मुख्यमन्त्री राउतले उद्धार गरेका हुन्।
जनकपुर जानेक्रममा राजमार्गमा घाइते देखेपछि मुख्यमन्त्री राउतले आफूलाई स्कर्टिङ गरेर आएकाे इलाका प्रहरी कार्यालाय लालबन्दीकाे गाडीमा घाइतेलाई हालेर उपचारका लागि लालबन्दी बजार पठाएका थिए।
ना ४८ प १२९९ नम्बरको मोटरसाइकल राजमार्गमै पल्टिएर माेटरसाइकल चालक २३ वर्षीय वीरध्वज मोक्तान सडकमै लडिरहेका थिए। चालक माेक्तान साेही नगरपालिकाका बासिन्दा हुन्।
प्रतिक्रिया