काठमाडौं : प्रतिबन्धित नेकपा विप्लव समूहले सरकारसँग वार्ता गर्न प्रवक्ता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'को नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेको छ । वार्ता टोलीका अर्का सदस्यमा उदय चलाउने ‘दीपक’ रहेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।
सरकारले आजै गृहमन्त्री रामबहादुर थापा ‘बादल’को नेतृत्वमा दुई सदस्यीय टोली गठन गरेलगत्तै विप्लव समूहले पनि वार्ता टोली बनाएको हो।
प्रतिक्रिया