लेटेस्ट न्युज
advertisement1

'ओली सम्पूर्ण रुपले पतन नुहँदासम्म बेइमानी र गडबढ गर्न छाड्दैनन्'

Maryada News 2021-03-01 18:59:54
'ओली सम्पूर्ण रुपले पतन नुहँदासम्म बेइमानी र गडबढ गर्न छाड्दैनन्'

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री ओलीले पूर्णरुपमा पतन नभएसम्म बेइमानी र गडबड गर्न नछाड्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले सर्वोच्च अदालतले संसद् विघटनलाई बदर गरिदिँदा ओलीले नैतिकताको आधारमा राजीनामा नदिएर अझै धम्की र अहंकार प्रदर्शन गरेको बताए ।

उनले भने, 'केपी ओली सम्पूर्ण रुपले आफ्नो पतन नहुँदा सम्म बेइमानी र गडबढ गर्न नछोड्ने पात्रको रुपमा देखिनु भएको छ । मैले हिजो मात्रै सुने मान्छेलाई साम,दाम, दण्ड भेद, प्रलोभन के के गर्दै अझै बल गर्नु भएको छ ।’ संसद् विघटनपछि ओलीले हल्ला चलाएको सेटिङ अदालतले भत्काइदिएको भन्दै प्रचण्डले निर्वाचन आयोगको हल्लाको सेटिङ पनि भत्किने दाबी गरे । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्