लेटेस्ट न्युज
advertisement1

प्रधानमन्त्री भन्छन्- मेराे ज्यान तलमाथि भए अनाैठाे नमान्नु

Maryada News 2021-03-01 16:52:32
प्रधानमन्त्री भन्छन्-  मेराे ज्यान तलमाथि भए अनाैठाे नमान्नु

काठमाडाैंः  प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक प्रहार हुनसक्ने बताउँदै केही भए अनाैठाे नमान्न कार्यकर्तालाई आग्रह गरेका छन्।

पोखरामा आज साेमबार गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा ओली समूहका अध्यक्ष ओलीले सम्पूर्ण रुपले प्रहार आफूमाथि भएको बताएका हुन्।

उनले भने- ‘सम्पूर्ण रुपले ममाथि प्रहार भएको छ, अत्यन्तै तीव्र रुपमा भएको छ। शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने पनि अनौठो नमान्नुहोला।'

आफू नरहे पनि पार्टीको भविष्य अन्धकारमा जान नदिन उनले कार्यकर्ताहरुलाई अपिल गरे।

प्रधानमन्त्री ओलीले हरेक परिस्थितिको सामना गर्ने पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्