काठमाडाैंः अदालतले गत फागुन ११ मा प्रतिनिधि सभालाई पुनर्स्थापना गरिदिएपछि अन्याैलमा रहेकाे सभाकाे अधिवेशन फागुन २३ मा बस्ने भएकाे छ। राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ मा दिउँसो ४ बजेका लागि प्रतिनिधि सभाको अधिवेशन आह्वान गरेकी छिन्।
राष्ट्रपति कार्यालयबाट एक पत्र जारि गर्दै धारा ९३ काे उपधारा (१) बमाेजिम प्रतिनिधि सभाकाे अधिवेशन आह्वान गरिएकाे हाे।
गत शुक्रबार मन्त्रिपरिषद बैठकले राष्ट्रपतिसमक्ष फागुन २३ गते अधिवेशन बोलाउन सिफारिस गरेको थियो। पत्र राष्ट्रपतिकाे कार्यालय नआइपुगेकाे भन्दै कुनै पनि निर्णय भएकाे थिएन।
सर्वोच्च अदालतले ११ गतेबाट गणना हुने गरि १३ दिनभित्रै संसद अधिवेशन आह्वान गर्न सरकारलाई आदेश दिएकाे थियाे।
यस्तै संसद अधिवेशन सञ्चालनका लागि संसद सचिवालयले तयारी पूरा गरिसकेको बताइएकाे छ।
राष्ट्रपति कार्यालयबाट जारि भएकाे पत्र यस्ताे छः
प्रतिक्रिया