लेटेस्ट न्युज
advertisement1

पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

Maryada News 2025-04-15 08:27:15
पश्चिमी वायुको प्रभावले देशका केही स्थानमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

काठमाण्डू, हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुप्रणालीको प्रभाव सक्रिय रहँदा देशका केही स्थानमा आंशिकदेखि सामान्य बदलीको अवस्था देखिएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी प्रदेशसहित देशका पहाडी भू–भागहरूमा आज आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू–भागमा आंशिक बदलीको सम्भावना छ ।

कोशी, मधेशलगायत पहाडी भू–भागका थोरै स्थान र अन्य भू–भागका एक/दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै, देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक/दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना पनि रहेको मौसमविद्‌ले पूर्वानुमान गरेका छन् ।

आज राति कोशी प्रदेशसहित देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ ।

कोशी र गण्डकी प्रदेशको पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना कायम छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्