काठमाडौं - प्रतिनिधि सभा पुनर्स्थापनापछि आज पहिलो पटक प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्।
प्रधानमन्त्री ओलीले आज साँझ ५ बजे बालुवाटारमा मन्त्रिपरिषद् बैठक बोलाएको एक मन्त्रीले जानकारी दिए। तर बैठकको एजेन्डा जानकारी नदिइएको उनले बताए।
आजको बैठकले प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति कार्यालयलाई सिफारिस पठाउन सक्ने सम्भावना रहेको ती मन्त्री बताए।
अदालतले प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्दै १३ दिनभित्र संसद् बैठक बोलाउन आदेश दिएको थियो । यसअघि हिजो साँझ प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग झन्डै डेढ घण्टा भेटेका थिए।
प्रतिक्रिया