काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । शेरबहादुर देउवा नेतृत्वको सरकारको मन्त्रिपरिषद् विस्तार हुन नसकिरहेका बेला दाहाल र नेता नेपालबीच आइतबार बिहान भेटवार्ता भएको हो ।
प्रधानमन्त्री देउवाले गठबन्धनका दलहरूलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिरहेका बेला एमाले वरिष्ठ नेता नेपाललाई भेट्न दाहाल उनकै निवास कोटेश्वर पुगेका हुन् ।
भेटवार्तामा दाहालले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरिएको बुझिएको छ । प्रधानमन्त्री देउवाले पनि एमालेको माधव पक्षलाई सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् ।
तर नेता नेपालले पार्टी एकताको प्रयास भइरहेकाले सरकारमा सहभागी नहुने पक्षमा छन् ।
यद्यपि प्रधानमन्त्री देउवालाई साउन ३ गते विश्वासको मत दिएका कतिपय सांसदहरु सरकारमा जानुपर्ने पक्षमा उभिएका छन् ।
प्रतिक्रिया