सर्वसाधारणको सामान्य भुक्तानीमा समेट डिजीटल पेमेन्टको नाममा लुट भएको भन्दै त्यसको खारेजीको माग गदै विवेकशील साझा पार्टी वागमती प्रदेशले विरोध प्रदर्शन गरेको छ।
बुधवार राष्ट्रब्याङक अघि विरोध प्रदर्श गर्न गएको विवेकशील साझा पार्टीका नेता तथा अगुवाहरुलाई प्रहरीले निषेधीत क्षेत्र भन्दै भाटभटेनी छेउमा मात्रै प्रदर्श गर्ने अनुमती दिएको थियो। पार्टी अध्यक्ष समिक्षा वास्कोटा सहित प्रदर्शनमा उत्रिएका पदाधिकारी तथा अगुवाहरुले जनताको राज्यमाथि भर, कति थुपार्छौ जनतामाथि करै कर,डिजीटल पेमेन्टमा लाग्ने भ्याट सहित अतिरिक्त शुल्क खारेज गर, भन्दा डिजीटल पेमेन्ट प्रमोशन, गर्दा अनलाईन पेमेन्ट कमिशन रु , कति लुटछौ अनलाईन पेमेन्टमा साना भुक्तानीलाई निशुल्क गर लगायतका नारा लेखिएको प्ले कार्ड बोकेका थिए।
प्रहरीले प्रधानमन्त्रीको सवारी भन्दै प्रदर्शन गर्न पाईने खुला क्षेत्रमा पनि प्रदर्शनकारीहरुले बोकेका प्लेकार्डहरु च्यातेर राज्य संयन्त्रको दुरुपयोग गरेको थियो । नेपालको संविधानको खिलाफमा प्रहरीको ज्यादती विरुद्ध विवेकशील साझा पार्टीले खेद प्रकट गरेको छ। थप प्रदर्शन गरिने पनि विवेकशील साझा पार्टीले जनाएको छ।

प्रतिक्रिया