लेटेस्ट न्युज
advertisement1

विश्वव्यापी शीर्ष १०० म्युजिक भिडिओ भित्र 'कस्मिरे पछ्यौरी दार्जिलिङको रेल'

Maryada News 2024-09-09 12:00:32
विश्वव्यापी शीर्ष १०० म्युजिक भिडिओ भित्र 'कस्मिरे पछ्यौरी दार्जिलिङको रेल'


सात महिना अघि सार्वजनिक भएको लोकगीत 'कस्मिरे पछ्यौरी' विश्वव्यापी शीर्ष सय संगीत भिडिओमा परेको छ।
बाबुकृष्ण परियार र दिपिका बयम्बुको स्वर रहेको गीत ७ महिनाअघि रिलिज भएको थियो। शुरुमा खाशै चर्चामा नआएको यो गीतका टुक्राहरु रिल्स र टिकटकमा अत्यन्त धेरै बन्न थाले पछि युट्युबमा पनि करोड क्लब प्रवेश गरेको हो ।

गीतका प्रस्तुतकर्ता समेत रहेका बाबुकृष्णका परियारका अनुसार ६ महिनासम्म यसले युट्युबमा २ लाख पनि भ्युज पाएको थिएन। त्यसको एक महिनापछि आज सम्म  गीतलाई एक करोड ६६ लाखभन्दा बढी पटक हेरिएको छ। 

बाबुकृष्णकै युट्युब च्यानलमा सार्वजनिक कस्मिरे पछ्यौरी को शब्द र संगीत निश्चल दवाडीको हो। गीतलाई श्यामश्वेत रसाइलीले एरेन्ज गरेका हुन्।
भिडिओमा बाबुकृष्ण र केपिना गोतामेले अभिनय गरेका छन्।
मौसम हिमालीको कथा एवं निर्देशनमा भिडिओ बनेको हो। भिडिओमा नवराज उप्रेती र बुद्द थापाको छायांकन, अमृत चापागाईँको सम्पादन रहेको छ। 

भिडीओ:https://youtu.be/jtwVnHHV-B0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्