लेटेस्ट न्युज
advertisement1

गुगल र फेसबुकले समाचार शेयर गरेमा पैसा तिर्नुपर्ने

Maryada News 2021-02-25 12:26:31
गुगल र फेसबुकले समाचार शेयर गरेमा पैसा तिर्नुपर्ने

एजेन्सी- सामाजिक सञ्जाल फेसबुक र सर्च इन्जिन गुगलले अब अष्ट्रेलियामा आफ्नो प्लेटर्फममा समाचार राखेमा पैसा तिर्नुपर्ने भएकाे छ। अष्ट्रेलिया सरकारले फेसबुक र गुगलले समाचार शेयर गरेमा निश्चित रकम तिर्नुपर्ने कानुन पारित गरेको हाे।

बिहीबार पारित नयाँ कानुनका अनुसार अब उप्रान्त फेसबुर र गुगलले आफ्नाे प्लेटफर्ममा समाचार राखेमा समाचार उत्पादक संस्था (सञ्चारमाध्यमहरू)लाई उनीहरूले उत्पादन गरेकाे समाचारकाे उचित रकम प्रदान गर्नुपर्ने छ।

अष्ट्रेलियाको माथिल्लो सदनबाट बिहीबार पारित भएको साे कानुनलाई लिएर अमेरिकी सूचना प्रविधि कम्पनीहरुले कडा विरोध जनाएका छन्।

कानुन पारित हुनुअगावै गत हप्ता फेसबुकले अष्ट्रेलियामा समाचार शेयर गर्न प्रतिबन्ध लगाएको थियो। तर अष्ट्रेलिया सरकारले कानुनमा संसाेधन गर्ने भनेसँगै फेसबुकले आफ्नाे प्रतिबन्ध पनि हटाएकाे थियाे।

फेसबुक र गुगललाई अष्ट्रेलियामा समाचार शेयर गरेकाे बदलामा आकर्षक रकम दिनका लागि प्रतिबद्ध गराइए पनि कति रकम दिनुपर्ने भन्ने बारे भने खुलाइएकाे छैन। 

फेसबुकले भने नयाँ कानुनले आफूले चाहेकाे प्रकाशन गृहलाई सहयाेग गर्न आग्रह गरेकाे बताउँदै अष्ट्रेलियाकाे चर्चित सञ्चारमाध्यम सेभेन वेस्ट मिडियासँग डिल गरिसकेकाे बताएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्