लेटेस्ट न्युज
advertisement1

बेमौसमी वर्षाका कारण देशभर आठ अर्बको धानबाली नष्ट

2021-10-25 19:48:40
बेमौसमी वर्षाका कारण देशभर आठ अर्बको धानबाली नष्ट

काठमाडौं : बेमौसमी वर्षाका कारण देशभरको धानबालीमा  आठ अर्ब २६ करोड ८० लाख रुपैँया बढीको  क्षति भएको छ । प्रारम्भिक विवरण अनुसार बर्षाका कारण ८५ हजार ५८० हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ भने दुई लाख ८५ हजार ५०९ हेक्टर क्षेत्रफलमा असर परेको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए । 

वर्षाका कारण तीन लाख २५ हजार २५८ मेट्रिक टन धान नष्ट भएको प्रबक्ता सञ्जेलले बताए । सप्रदेश १ का झापा ,मोरङ् र सुनसरी तीन जिल्लामा सात हजार ४९२ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ ।

प्रदेशभर ८० करोड रुपैँया बढीको २८ हजार ४६९ मेट्रिक टन धानमा बर्षाले क्षति पुर्याएको मन्त्रालयले जनाएको छ । प्रदेश २ का सप्तरी,सिराहा र सर्लाही तीन जिल्लामा पाँच हजार ३५५ हेक्टर क्षेत्रफलमा लगाईएको धानमा क्षति पुगेको छ । प्रदेशभर ५६ करोड रुपैयाँ बढीको २० हजार ३५० मेट्रिक टन धानमा बर्षाले क्षति पुर्याएको छ ।

बागमती प्रदेशका चितवन र नुवाकोट दुई जिल्लामा ५३० हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर ५ करोड ८० लाख बढीको दुई हजार ६८ मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

यस्तै गण्डकी प्रदेशका स्याङ्जा,कास्की र पूर्वि नवलपरासी तीन जिल्लामा एक हजार १९२ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर १३ करोड बढीको चार हजार ५३० मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

लुम्बिनी प्रदेशका बाँके,बर्दिया, कपिलबस्तु र रुपन्देही चार जिल्लामा ४२ हजार ४२७ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । प्रदेशभर चार अर्व ५१ करोड बढीको एक लाख ६१ हजार ४२३ मेट्रिकटन धानमा बर्षले क्षति पुर्याएको छ ।

कर्णली प्रदेशका डोल्पा,जुम्ला ,सल्यान र सुर्खेत चार जिल्लामा १० हजार ५८४ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ। प्रदेशभर ३० करोड बढीको ४० हजार २१९ मेट्रिकटन धानमा क्षति पुर्याएको छ ।

यस्तै सुदूरपश्चिमका कैलाली र कञ्चनपुर दुई जिल्लामा १८ हजार हेक्टर क्षेत्रफलमा लगाईएको धानमा क्षति पुगेको छ । प्रदेशभर एक अर्ब ९१ करोड रुपैँयाभन्दा धेरै मुल्यको ६८ हजार चार सय मेट्रिकटन धानमा बर्षाले क्षति पुर्याएको छ ।

मन्त्रालय र प्रदेशका अधिकारीबीच समन्वय र समझदारी कायम गरी प्रभावित कृषकलाई सहयोग प्रदान गरिने जनाइएको छ । वर्षाले देशका विभिन्न स्थानमा आएको बाढी तथा डुबानले १०० भन्दा धेरै मानिसको मृत्यु भएको छ । 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्