काठमाडौं : दसैंमा काठमाडौं उपत्यकाबाट बाहिरिनेका लागि सोमबार (आज) बाट अग्रिम टिकट बुकिङ खुला भएको छ । काठमाडौं बाट देशका विभिन्न गन्तव्यमा जाने यात्रुहरु बिहानैदेखि टिकट लिन गोंगबुस्थित नयाँ बसपार्क पुगेका छन् ।
धेरै बस व्यवसायीले अनलाइन तथा एपमार्फत नै टिकट बुकिङको व्यवस्था मिलाएकाले बसपार्क गतवर्षहरुमा जस्तो भिडभाड भने देखिएको छैन । यातायात व्यवस्था विभागले गत बिहीबार सरोकारवालासँगको छलफलपछि असोज ११ गतेदेखि लामो दूरी चल्ने सवारीसाधनको अग्रिम टिकट बुकिङ खुलाउने निर्णय गरेको थियो ।
प्रतिक्रिया