लेटेस्ट न्युज
advertisement1

चिकित्सा शिक्षा आयोगको संशोधित अर्को सूची सार्वजनिक

Maryada News 2021-09-21 13:17:30
चिकित्सा शिक्षा आयोगको संशोधित अर्को सूची सार्वजनिक

काठमाडौं : चिकित्सा शिक्षा आयोगले संशोधित अर्को सूची सार्वजनिक गरेको छ । पूर्व मनोनयनका लागि यसअघि प्रकाशित गरेको चिकित्सा शिक्षा स्नातक तहको छात्रवृत्ति तथा विदेशी कोटाको म्याचिङ सूचीमा गडबडी देखिएपछि पुनः अर्को सूची निकालेको हो ।

आयोगले २८ भदौमा प्रकाशित गरेको पूर्व मनोनयनको लागि प्रकाशित गरेको म्याचिङ सूचीमा गडबडी देखिएको हो । आयोगले असोज ४ गते सूचना प्रकाशित गर्दै ५ देखि असोज ७ भित्र पूर्व मनोनयनमा परेका विद्यार्थीले स्वीकार गर्ने वा नगर्ने जानकारी दिन अनुरोध गरेको छ ।

एक साताअघि निकालेको सूचनामा विएस्सी नर्सिङ, विएन लगायतका केही विषयका सूची र केही विदेशी कोटाको -याङ्कमा गडबडी देखिएपछि नयाँ सूची प्रकाशित गरेको आयोगले बताएको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्