बीबीसी । फ्रान्सका राष्ट्रपति इम्यानुअल म्याक्रोनले सहारा क्षेत्रको इस्लामिक स्टेट समूहका प्रमुख मारिएको बताएका छन् । फ्रान्स सुरक्षा बलको कारबाहीमा आईएसजीएस प्रमुख अदनान अबु वालिद अल–सह्रवी मारिएका हुन् ।
उनले सन् २०१५ मा इस्लामिक स्टेट इन द ग्रेटर सहारा (आईएसजीएस) गठन गरेका थिए । सो समूहलाई त्यस क्षेत्रमा धेरै आक्रमणहरूको लागि जिम्मेवार ठह¥याइएको छ ।
उक्त समूहले २०२० मा फ्रान्सका सहायताकर्मीहरूलक्षित आक्रमण गरेको थियो । म्याक्रोनले सह्रवीको मृत्युलाई ‘सहेल क्षेत्रमा रहेका आतंकवादी समूहहरूविरुद्धको युद्धमा अर्को ठूलो सफलता’ भनेका छन् ।
सहेल क्षेत्र सहारा मरुभूमिको दक्षिण–पश्चिममा सेनेगलदेखि पूर्वमा सोमालियासम्म तीन मिलियन स्क्वायर किलोमिटर क्षेत्रमा फैलिएको छ । राष्ट्रपति म्याक्रोनले आईएस नेता मारिएको स्थान र कारबाहीको विस्तृत विवरण भने खुलाएका छैनन् ।
फ्रान्स सुरक्षा बलले त्यस क्षेत्रमा वर्षौँदेखि जिहादिस्ट सेलहरूलाई खोजिरहेको छ । सहेल क्षेत्रमा ५६ राष्ट्रका १४ हजार सैनिक सहभागी संयुक्त राष्ट्रसंघको शान्ति मिसन र अमेरिकी गुप्तचर समर्थित फ्रान्स नेतृत्वको आतंकवाद प्रतिरोधी मिसन गरी दुईवटा मिसन सञ्चालनमा छन् ।
प्रतिक्रिया