चितवन- वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मदन भण्डारीको सिद्धान्तअनुसार राजनीति अगाडि बढेको दाबी गरेका छन्।
मदन भण्डारी फाउण्डेसनद्वारा सोमबार चितवनको सौराहामा आयोजित ‘सुशासन र समृद्धिका लागि सञ्चार’ विषयक अन्तक्र्रियामा फाउण्डेसनका केन्द्रीय सदस्यसमेत रहेका पौडेलले नेपालको राजनीतिमा जननेता भण्डारीको मार्गनिर्देशन महत्वपूर्ण रहेको बताए।
फाउण्डेसन पार्टीको भन्दा पनि स्वायत्त संस्था भएकाले सफल नेतृत्व प्रदान गरी यसलाई जनतामाझ लैजानुपर्ने उनको भनाइ थियो।
जनताको बहुदलीय जनवादका १४ वटा सिद्धान्तलाई सबैले पछ्याउँदै जानुपर्ने आवश्यकता रहेको उनले जिकिर गरे।
कार्यक्रममा वाग्मती प्रदेशका नेकपा केन्द्रीय सदस्य, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, सचिव एवं फाउण्डेशनका केन्द्र, प्रदेश र जिल्लाका पदाधिकारी एवं सदस्यको सहभागिता थियो।
प्रतिक्रिया