एजेन्सी : तालिबानले कब्जा गरेयता अफगानिस्तानको राजधानी काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थल र आसपास अहिलेसम्म कम्तीमा २० जनाको मृत्यु भएको नेटोका एक अधिकारीले समाचार एजेन्सी रोयटर्ससँग बताएका छन्।
नाम नबताउने सर्तमा ती अधिकारीले भनेका छन्, ‘काबुल विमानस्थलबाहिरको अवस्था खराब छ। हाम्रो ध्यान सबै विदेशीलाई चाँडो देशबाट बाहिर निकाल्नु हो।’ उनले अगाडि भनेका छन्, ‘तालिबानसँग कुनै पनि किसिमको झडप हुनबाट बच्न हामीले विमानस्थलबाहिरका क्षेत्रसँग दूरी कायम गरेका छौं।’
प्रतिक्रिया