लेटेस्ट न्युज
advertisement1

प्रदेशलाई कब्जा गर्न नदिने प्रदेश नम्बर १ का मुख्यमन्त्री राईको भनाई

Maryada News 2021-02-20 17:10:08
प्रदेशलाई कब्जा गर्न नदिने प्रदेश नम्बर १ का मुख्यमन्त्री राईको भनाई

काठमाडौं- प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईले नेकपाको प्रचण्ड–माधव समूहप्रति लक्षित गर्दै प्रदेशलाई कब्जा गर्न नदिने बताएका छन्।

ओली समूहको नेकपाले शनिबार बिराटनगरमा आयोजना गरेको प्रदेशस्तरीय आमसभालाई सम्बोधन गर्दै उनले दाहाल–नेपाल र खनाल कम्पनीले विधिविधानको रटान गर्ने र सँगसँगै विधिविधानको खिल्ली उडाउने काम गर्दै आएको आरोप लगाएका छन्।

प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव तयारीमा रहेको अवस्थामा उनले एक बर्ष नपुग्दै मुख्यमन्त्रीलाई हटाउने खेललाई परास्त गरेरै छाड्ने चेतावनी दिएका छन्।

भदौ २६ को स्थायी कमिटीको निर्णय उल्ट्याएर प्रचण्ड–माधव र खनाल कम्पनी आफैले चुनेको प्रधानमन्त्री र आफ्नै पार्टीको अध्यक्षलाई मात्र होइन मुख्यमन्त्रीलाईसमेत हटाउन तल्लो स्तरमा झरेको उनको भनाई छ। तर उहाँहरुको आक्रमण सहज ढङ्गले नै पराजित गरेर छाड्ने मुख्यमन्त्री राइले जिकिर गरे।  

आफ्नै पार्टीको दुई तिहाई बहुमतप्राप्त सरकारलाई ढाल्ने र अस्थिरता सिर्जना गर्न खोजे पछि प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेको उनको भनाई छ । खुमलटारमा दर्ता भएको दाहाल–नेपाल–खनाल कम्पनीले जनताको सपना चकनाचुर पार्ने षयन्त्र गरेको भन्दै मुख्यमन्त्री राईले त्यो कित्ताले अप्ठेरो बाटो रोजेको पनि बताए।

यतिबेला देश ताजा जनादेशका लागि निर्वाचनमा गएको उल्लेख गर्दै उनले निर्वाचन आयोगले पनि निर्वाचनको काम सुरु गरिसकेको बताए।

सबै राजनीतिक दलले कुनै न कुनै रुपमा निर्वाचनको तयारी गरिरहेको भन्दै उनले प्रचण्ड–नेपाल र खनाल कम्पनीले पनि सायद निर्वाचनको तयारी गरिरहेको हुनसक्ने दाबी गरे। 

वैशाख १७ र २७ गते हुने निर्वाचनबाट देशलाई स्थायी शान्ति, स्थिर सरकार र सुखी नेपाली र समृद्ध नेपालका लागि फेरी एक पटक मतदान गर्नुपर्ने उनको भनाई छ। उनले भने ‘राष्ट्रियता, राष्ट्रिय स्वाधिनता र राष्टवाद आफूहरुको आदर्श हो।’
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्