लेटेस्ट न्युज
advertisement1

'कालीगण्डकी डाइभर्सन : दिगो विकासका प्रश्नहरु र हाम्रो सरोकार' विषयक कार्यक्रम सम्पन्न 

Maryada News 2021-07-10 22:32:29
'कालीगण्डकी डाइभर्सन : दिगो विकासका प्रश्नहरु र हाम्रो सरोकार' विषयक कार्यक्रम सम्पन्न 

काठमाडौं : विपी कोईराला स्कुल अफ पब्लिक पोलिसीले आयोजना गरेको ुकालीगण्डकी तिनाउ डाइभर्सन स् दिगो विकासका प्रश्नहरु र हाम्रो सरोकारु विषयक सर्वपक्षीय भर्चुअल छलफल कार्यक्रम शनिबार सम्पन्न भएको छ। 

कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेश प्रदेशबीच विवाद सिर्जना गर्ने आयोजना लागत र प्रतिफल मुल्याङ्कनसँगै तटीय क्षेत्रमा धेरै प्रभावित पार्ने हुँदा कुनै हालतमा यो आयोजना सम्पन्न हुन नसक्ने बताए। 

कार्यक्रममा बोल्दै वालिङ नगरपालिकाका मेयर दिलिपप्रताप खाँडले यस आयोजनाको नियत राम्रो नभएको र राष्ट्रिय हितमा नदेखिएको बताउँदै आयोजना न्यायोचित नभएको बताए । उनले भने, 'कतै सिचाइ गरेर हराभरा गराउने कतै मरुभूमीकरण हामीलाई मान्य छैन यसकारण विरोध गर्दछौँ । पैसा जनताका हुन जनसहमति बिना अगाडि बढ्नु किमार्थ मान्य हुन्न ।'

आयोजनास्थल रम्भा गाउँपालिका अध्यक्षले विष्णुप्रसाद भण्डारीले समेत यो आयोजनाले क्षति भोग्नु पर्ने बताए । रामपुर नगरपालिकाका मेयर रमन थापाले रामपुरको फाँट कयौँ हेक्टर जमिन लिफ्टिङ सिचाई आयोजना प्रभावित हुने भन्दै नदी क्षेत्रमा आश्रित जनसमुदायको विचल्ली हुने उल्लेख गरे । 

वातावरणविद् निरन्जन श्रेष्ठले कालिगण्डकी डाइभर्सन दिगो विकास र विनासका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रतिनिधिसभा संसद् अमृता थापाले आयोजनाको विस्तृत अध्ययन र प्रभावितका गुनासो बिना अगाडी बढ्न नसक्ने बताइन् । समाजशास्त्रीय कोणबाट शिव ढकालले प्रवाभित क्षेत्रमा सामाजिक सांस्कृतिक विचलन हुने बताए ।

ढकालले प्रारम्भिक अध्ययनमा सामाजिक सांस्कृतिक अध्ययन नगरेको बताए । कार्यक्रममा बोल्दै जलस्रोत विज्ञ केशवध्वज अधिकारीले लागत र प्रतिफल मुल्याङकका आधारमा उपयुक्त आयोजना नभएको बताए। सामाजिक सांस्कृतिक, पर्यावरणीय आर्थिक पक्षहरुको अध्ययन र स्थानीयहरुसँगको छलफल बिना आयोजना अगाडि बढेपछि अन्तर प्रदेश विवाद सिर्जना भएको छ । कार्यक्रममा विभिन्न क्षेत्रका सरोकारवाला व्यक्ति र स्थानीयसहित चारसय भन्दा बढीको उपस्थिति थियो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्