लेटेस्ट न्युज
advertisement1

निषेधाज्ञा उल्लङ्घन गर्नेबाट झण्डै डेढ लाख जरिवाना

Maryada News 2021-06-28 12:39:05
निषेधाज्ञा उल्लङ्घन गर्नेबाट झण्डै डेढ लाख जरिवाना

डाेटीः निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्ति र सवारी साधनबाट प्रहरीले रू एक लाख २८ हजार ६०० जरिवाना उठाएकाे छ। जिल्ला प्रहरी कार्यालय डाेटीका अनुसार गत वैशाखदेखि हालसम्म निषेधाज्ञाको पालना नगर्ने ४६ व्यक्ति, दुई मोटरसाइकल तथा २४ चारपाङ्ग्रे सवारी साधनलाई कारवाही गरी उक्त जरिवाना असुल गरिएको हो।

निषेधाज्ञा उल्लङ्घन गर्नेलाई प्रहरीले कोभिड–१९ सङ्कट व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश, २०७८ को दफा २१ (२) बमोजिम कारबाही गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। जिल्लामा कोरोना सङ्क्रमण दर घट्दै गएको भए पनि पूरै नियन्त्रणमा आउन नसकेको भन्दै यहाँको स्थानीय प्रशासनले यही असार २० गतेसम्मका लागि निषेधाज्ञाको समय थप गरेको छ।

यसैगरी सार्वजनिक सवारी साधन पनि जोरबिजोर प्रणालीका आधारमा जिल्लाभर मात्रै सञ्चालन गर्न सकिने अनुमति दिइएको छ। बैंक तथा वित्तीय संस्थाका हकमा प्रत्येक दिन बिहान १०ः०० देखि अपराह्न १ः०० बजेसम्म स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न सकिने जनाइएको छ।

विकास निर्माणका काम र विकास निर्माणमा प्रयोग भएका यातायातका साधन स्वास्थ्य मापदण्डको पालना गरी सञ्चालन गर्न पाइने भएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्