एजेन्सीः जारी युराे कप फुटबलमा गएराति भएकाे खेलबाट इटाली र डेनमार्क क्वार्टरफाइनल प्रवेश गरेका छन्। डेनमार्क वेल्सलाई हराउँदै अन्तिम ८ मा पुगेकाे हाे भने इटालीले अष्ट्रियालाई हराउँदै अन्तिम ८ काे यात्रा तय गरेकाे हाे।
मैदानमै ढल्न पुगेका खेलाडी क्रिष्टियन एरिक्सनलाई समर्पित खेलमा डेनमार्कले वेल्सलाई ४-० ले पराजित गरेकाे थियाे।डेनमार्ककाे लाथि कास्पर डोलवर्गले दुई गोल गरे भने जोकिम माहेल र मार्टिन ब्रेथवेटले एक एक गोल गरे।
यता इटालीले अष्ट्रियालाई २-१ ले हराएकाे हाे। निर्धारित ९० मिनेटसम्म गाेलरहित भएकाे खेलमा इटाली ९५ र १०५ औं मिनेटमा गाेल गरेकाे थियाे भने अष्ट्रियाले ११४ औं मिनेटमा गाेल फर्काएकाे थियाे।
जितसँगै इटालीले ३१ खेलमा अपराजित रहने टाेलीकाे रुपमा कीर्तिमानसमेत बनाएको छ। सन् २०१८ काे सेप्टेम्बरमा यूइएफए नेसन्स लिगमा पोर्चुगलसँग १–० ले पराजित भएयता इटालीले हार व्यहोरेको छैन।
अब क्वार्टरफाइनलमा डेनमार्कले नेदरल्याण्स् र चेक रिपब्लिकबीचकाे विजेतासँग भिड्नुपर्ने हुन्छ भने इटालीले बेल्जियम र पाेर्चुगलबीचकाे विजेतासँग भिड्नुपर्ने हुन्छ।
प्रतिक्रिया