लेटेस्ट न्युज
advertisement1

नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य  

Maryada News 2021-04-22 17:16:48
नेपालद्वारा मलेसियालाई २१८ रनको लक्ष्य  

काठमाडौं : त्रिदेशीय टी–२० क्रिकेट सिरिजअन्तर्गत आजको खेलमा नेपालले मलेसियासामु जीतका लागि २१८ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरको खेलमा सात विकेट गुमाएर २१७ रन बनायो ।

विश्व कीर्तिमान बनाउने क्रममा रहनुभएका प्रारम्भिक ब्याटस्म्यान कुशल भुर्तेल पाँचौँ ओभरको पहिलो बलमा नै मुहम्मद वफिकका बलमा क्याच आउट भए । उनले १२ बल खेल्दै दुई छक्काका मद्दतमा १६ रन बनाए । यसअघिका तीन खेल९नेदरल्याण्डस, मलेसिया०मा लगातार अर्धशतक प्रहार गरी विश्व कीर्तिमान बनाएका भुर्तेल थप नयाँ कीर्तिमान बनाउनबाट भने चुके।     
     
नेपालको पारिलाई कप्तान ज्ञानेन्द्र मल्ल र प्रारम्भिक ब्याटस्म्यान आशिफ शेखले सम्हाले । दुवै जनाबीच ७३ रनको साझेदारी भयो । सो क्रममा शेखले ४२ रनको योगदान दिए । उनले ३३ बल खेल्दै तीन छक्का र तीन चौका हाने । यस्तै कप्तान मल्लले २५ बलमा एक छक्का र चार चौका हान्दै ४१ रनको योगदान दिए ।     
     
 नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले ३३ रन बनाउनुभयो । उनले १७ बलमा एक छक्का र पाँचा चौका हाने । यस्तै करण केसीले उत्कृष्ट ब्याटिङ गरे । उनले मात्र १३ बलमा ४५ रनको योगदान दिए । सो क्रममा केसीले सात छक्का प्रहार गरे । यस्तै कुशल मल्लले अविजित १९ रन बनाए ।     
     
बलिङतर्फ मलेसियाका लागि फित्री साम, अनवर रहमान र सयद अजिजले दुईदुई तथा मुहम्मद वफिकले एक विकेट लिए । अहिले मलेसियाले जवाफी ब्याटिङ गरिरहेको छ । मलेसियाले केही बेरअघिसम्म सात ओभरमा दुई विकेट गुमाउँदै ५७ रन बनाएको छ । नेपालका लागि दुवै विकेट सोमपाल कामीले लिएका हुन् । मलेसियाका लागि आजको खेल औपचारिकता मात्र हो । सिरिजका पुछारमा रहेको मलेसिया प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल यसअघि नै फाइनलमा प्रवेश गरेको छ ।     

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्