लेटेस्ट न्युज
advertisement1

माैसम अपडेटः बागमती प्रदेशमा भीषण वर्षाकाे सम्भावना, सतर्क रहन आग्रह

Maryada News 2021-06-25 09:50:04
माैसम अपडेटः बागमती प्रदेशमा भीषण वर्षाकाे सम्भावना, सतर्क रहन आग्रह

काठमाडाैंः माैसम पूर्वानुमान महाशाखाले आज बागमती प्रदेशका केही स्थानमा भीषण वर्षाकाे सम्भावना रहेकाे बताएकाे छ। साथै साे प्रदेशकाे पहाडी भूभागमा पहिराेकाे सम्भावनासमेत रहेकाे भन्दै सतर्कता अपनाउन आग्रह गरेकाे छ। 

आज बागमती प्रदेशसहित प्रदेश नं १ का केही स्थानमा पनि मेघगर्जन तथा चट्टयाङ्गसहित भीषण वर्षाको सम्भावना रहेको महाशाखाले जनाएकाे छ। साथै साे स्थानमा वर्षासँगै पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, नदीनाला तथा खहरे खोलाहररूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने जाेखिम महाशाखाले औंल्याएकाे छ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको र देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेकाे हुँदा आज दिनभर वर्षाकाे सम्भावना रहेकाे छ।

हाल प्रदेश १बागमतीगण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भई नै रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्