लेटेस्ट न्युज
advertisement1

कोरोना प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा     

Maryada News 2021-06-20 20:10:20
कोरोना प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी सेवा     

 काठमाडौं : नागरिक लगानी कोषले कोरोनाबाट अति प्रभावित पर्यटन उद्योगसँग सम्बद्ध–होटल, ट्राभल, ट्रेकिङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारीलाई राहत दिने भएको छ । कोषले ती क्षेत्रमा कार्यरत कर्मचारीले कोषबाट सञ्चालित कर्मचारी वचत बृद्धि स्वीकृत अवकाश कोष कार्यक्रममा सहभागी हुँदा मासिक रूपमा कट्टा गरेको रकम सापटी लिन चाहेमा सहभागीलाई थप ब्याज शुल्क नलिने भएको हो ।     
कोषले आज एक विज्ञप्तिमार्फत विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को सङ्क्रमणलाई मुलुकभित्र फैलिन नदिनका लागि निषेधाज्ञा गर्दा तुलनात्मक रूपमा बढि प्रभावित भएको भन्दै राहत दिने कार्यक्रम अगाडि सारिएको जनाएको हो ।     
     
असमान्य परिस्थितिमा कोषका सहभागीलाई थोरै मात्रामा भएपनि राहत र सहयोग पु-याउने उद्देश्यले यस्तो सुविधा उपलब्ध गराउन लागिएको विज्ञप्तिमा उल्लेख छ ।  कोभिड प्रभावित विशेष सापटी नाम दिइएको यस सुविधाअन्तर्गत सहभागीको खातामा जम्मा भएको रकमको ५० प्रतिशतसम्म सापटी लिन सकिने छ । यस्तो सुबिधा अति प्रभावित पर्यटन क्षेत्रसँग सम्वद्ध सहभागीलाई आगामी पुस मसान्तसम्म उपलब्ध गराइने छ भने उक्त सापटी रकम दुई वर्षभित्र फिर्ता गर्नुपर्ने व्यवस्था मिलाइएको उल्लेख छ ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्