सिन्धुपाल्चाेकः लगातारकाे वर्षाका कारण आएकाे बाढीले हेलम्बुकाे इलाका प्रहरी कार्यालय भवन ढलेकाे छ। मेलम्ची खाेलाले कटान गर्दै जाँदा भवन ढलेकाे हाे।
शुक्रबार राति साढे २ तल्ले भवन ढलेकाे हाे। यसअघि भवनकाे भान्सा र ट्वाइलेटमा क्षति पुगेपछि प्रहरी तथा अन्य कर्मचारीलाई अन्यन्त्रै सारिएकाे थियाे। त्यसैकारण भवनमा क्षति पुगे पनि कुनै मानवीय क्षति भने नभएकाे बताइएकाे छ।
झण्डै पाँच महिनाअघि निर्माण सम्पन्न भई सञ्चालनमा आएकाे यस भवन करिब साढे ३ कराेड रूपैयाँकाे लागतमा निर्माण गरिएकाे थियाे।
प्रतिक्रिया