सिरहाः अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरेको भन्दै प्रहरीले सिरहाको गोलबजार नगरपालिका–९ बाट उत्खननमा प्रयाेग गरिएका पाँच वटा टिपरलाई नियन्त्रणमा लिएकाे छ। नियन्त्रणमा लिइएकाे टिपर नगरपालिकामा बुझाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए।
चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन गरिरहेको गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले उत्खननमा प्रयोग भएका टिपर नियन्त्रणमा लिएको हो।
उक्त नगरपालिका र धनगढीमाई नगरपालिकाअन्तर्गतको चुरे क्षेत्रमा अवैधरूपमा ढुङ्गागिट्टी उत्खनन भइरहेको जनगुनासोपश्चात् प्रहरीले सक्रियता बढाएको छ।
प्रतिक्रिया