लेटेस्ट न्युज
advertisement1

प्रतिनिधि सभा विघटन मुद्धामा भोलीदेखि 'एमिकस क्युरी'को बहस

Maryada News 2021-02-15 21:12:34
प्रतिनिधि सभा विघटन मुद्धामा भोलीदेखि 'एमिकस क्युरी'को बहस

काठमाडौं :  प्रतिनिधि सभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भोली (मङ्गलबार) देखि अदालतका सहयोगी (एमिकस क्युरी)को बहस सुरु हुने भएको छ । एमिकस क्युरीको बहसपछि अन्तिम निर्णय आउनेछ ।  प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदनमाथिको जवाफी बहस आज सकिएको छ ।

एमिकस क्युरीमा वरिष्ठ अधिवक्ता बद्रीबहादुर कार्की, सतिशकृष्ण खरेल, विजयकान्त मैनाली, पूर्णमान शाक्य र गीता पाठक  छन् । उनीहरूले उक्त विषयमा अदालतलाई न्याय सम्पादनमा सहयोग पुग्ने उद्देश्यका साथ स्वतन्त्र विचार दिनेछन्।

मुद्धामा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरू विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासमा मुद्धा सुनुवाइ भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्