माेरङः आगामी जेठ २४ गते प्रदेश १ सरकारले प्रदेश सभाको बजेट अधिवेशन आह्वान गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले जेठ २४ गते बजेट अधिवेशन बाेलाउन प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो।
प्रदेश १ सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले बजेट अधिवेशन २४ जेठ दिउँसाे २ बजेका लागि सिफारिस गरिएकाे बताए। असार १ गते अनिवार्य प्रदेश सभामा बजेट पेश गर्नुपर्ने संवैधानिक बाध्यताअनुसार बजेट अधिवेश सिफारिस गरिएकाे हाे।
यस्तै बजेट पेश गर्नु १५ दिन अगावै प्रि बजेट छलफल गरिनुपर्नेमा यसपटक साे म्याद गुज्रिसकेकाे छ। बुधबारकाे मन्त्रिपरिषद् बैठकले प्रि बजेट छलफल छल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेका थियाे। विपक्षी दलले यसकाे विराेध गरिरहेका छन्।
प्रतिक्रिया