सुर्खेतः पछिल्लो समयमा कर्णालीमा कोरोना सङ्क्रमण जित्नेको सङ्ख्या बढ्दै गएको छ। सोमबार मात्र कर्णाली प्रदेशमा पाँच सय १२ जना कोरोना सङ्क्रमित निको भएका छन्।
कर्णालीमा हालसम्म एक लाख १५ हजार चार सय ३३ जनाको कोरोना सङ्क्रमण परीक्षणमा १७ हजार एक सय ५० अर्थात् १५ प्रतिशतमा सङ्क्रमण देखिएको छ। सङ्क्रमण देखिएको कूल सङ्ख्यामा ९५ प्रतिशतले कोरोना भाइरस जितेकाे स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक डा रविन खड्काले जानकारी दिए।
उनका अनुसार हाल कोरोना भाइरसबाट गम्भीर प्रकृतिका ६ भेन्टिलेटरमा, ५३ आइसीयूमा, तीन सय ७० आइसोलेसन केन्द्रमा र पाँच हजार एक सय ७१ जना होमआइसोलेशनमा रहेका छन्।
कर्णालीमा मृत्यु हुने सङ्क्रमितको सङ्ख्या केही घटे पनि मर्ने क्रम नरोकिएकाले सोमबारसम्म दुई सय ४७ जनाकाे कोरोना सङ्क्रमणबाट निधन भएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ।
प्रतिक्रिया