काठमाडाैंः नेपाल र इराकबीच आज मैत्रीपूर्ण फुटबल खेल हुँदैछ। इराककाे अल्फाहया रंगशालामा खेल नेपाली समयअनुसार रातिको १०:१५ बजेबाट शुरु हुनेछ।
आज हुने खेलकाे कप्तानी नेपाली टाेलीका भरपर्दा गाेलरक्षक किरण चेम्जाेङले गर्नेछन् भने नेपाली टाेली आज ४-३-३ काे रणनीतिमा मैदानमा उत्रने छ।
तुलनात्मक रुपमा बलियाे टाेली इराकसँग नेपाल भीड्नु ठूलाे चुनाैतीकाे रुपमा हेरिएकाे छ। इराकले सन् १९८६ काे विश्वकप खेलिसकेकाे छ भने फिफा वरियतामा पनि नेपालभन्दा एक सय तीन स्थानमाथि रहेकाे छ। नेपाल हाल फिफा वरियतामा एक सय ७१ औं स्थानमा रहेकाे छ। इराक ६८ औं स्थानमा रहेकाे छ।
नेपालका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले नेपालले आज नतिजाकाे लागि भन्दा पनि अनुभवकाे लागि खेल्ने बताएका छन्।
प्रतिक्रिया