धनगढीः सुदूरपश्चिम प्रदेश सभाको एमाले संसदीय दलको बैठक शुरु भएको छ। बुधबार बिहान साढे नौ बजेबाट बैठक शुरु भएकाे हाे।
५२ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा एमालेको तर्फबाट सभामुख सहित २५ जना रहेका छन्। तीमध्ये २१ जना उपस्थित भएका छन् भने अन्य चार जना जिल्ला बाहिर रहेकाले अनुपस्थित भएकाे बताइएकाे छ।
तीमध्ये ओली समूहका तीन जना सांसद आजकाे बैठकमा उपस्थित भएका छन्। ओली समूहका नेपालु चौधरी, पठानसिंह बोहरा र माया तामाङ बोहरा बैठकमा उपस्थित भएका हुन्।
अनुपस्थित हुनेमा पनि ओली समूहकै तीन जना सांसदहरू रहेका छन् भने माधव समूहका एक जना रहेका छन्।
सोमबार केन्द्रकाे एमालेको स्थायी समितिको बैठकले प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि एमालेबाट मन्त्री भएकाहरूलाई २४ घण्टाभित्र फिर्ता हुन निर्देशन जारी गरिएको थियाे। यद्यपि नेपाल पक्षले यस सरकारलाई निरन्तरता दिन सक्ने सम्भावना रहेकाले आज संसदीय दलकाे बैठक बाेलाइएकाे हाे।
प्रतिक्रिया