लेटेस्ट न्युज
advertisement1

रुपन्देहीमा कोरोना सङ्क्रमणबाट सात जनाको निधन

Maryada News 2021-05-19 11:45:44
रुपन्देहीमा कोरोना सङ्क्रमणबाट सात जनाको निधन

रुपन्देहीः जिल्लामा कोरोना सङ्क्रमणबाट सात जनाको निधन भएको छ। मङ्गलबार रातिदेखि बुधबार बिहान ६ बजेसम्ममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा चार र भैरहवास्थित भीम अस्पतालमा तीन जनाको निधन भएको हो।

बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत रुपन्देहीका पत्रकार हिक्मत चौधरीको उपचारकै क्रममा निधन भएको छ। तिलोत्तमा–५ स्थायी घर भएका ६१ वर्षीय पत्रकार चौधरीको आज बिहान निधन भएको हो। त्यस्तै अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालमा तिनाउ–६ पाल्पाकी ६० वर्षीया महिला, बुटवल–१३ का ५२ वर्षीय पुरुष र बुटवल–७ का ६० वर्षीय पुरुषको आज निधन भएको हो।

यस्तै ओमसतिया रुपन्देहीका ५७ वर्षीय पुरुष, परासीका ४६ वर्षीय पुरुष र लुम्बिनी सांस्कृतिक नगरपालिकाका ४५ वर्षीय पुरुषको पनि कोरोना सङ्क्रमणबाट निधन भएको भीम अस्पतालका प्रवक्ता नारायण पोखरेलले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्