हेटौंडा : हेटौंडामा मंगलबार थप १ सय १६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा १५ बालबालिका र २ जना ज्येष्ठ नागरिक छन् । यति धेरै संख्यामा बालबालिकामा एकसाथ कोरोना देखिएको हेटौंडामा यो पहिलो हो ।हेटौंडा वडा नम्बर–४ मा सबभन्दा धेरै २५ जनामा कोरोना पुष्टि भएको छ ।
संक्रमितमध्ये ४५ महिला छन् । हेटौंडा अस्पतालको कोरोना परीक्षण प्रयोगशालामा गरिएको १ सय ८६ जनाको स्वाब परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगर जनस्वास्थ्य कार्यालयले जनाएको छ ।
प्रतिक्रिया