लेटेस्ट न्युज
advertisement1

  कोरोना सङ्क्रमणबाट एकै वडाका ९ जनाको मृत्यु  

Maryada News 2021-05-18 15:31:54
  कोरोना   सङ्क्रमणबाट एकै वडाका ९ जनाको मृत्यु  

दैलेख : दुल्लु नगरपालिका–१२ गौरीमा कोरोनाबाट एउटै समुदायका नौ जनाको मृत्यु भएको छ । एक वडामा यति धेरैको कोरोना संक्रमणबाट मृत्यु भएको दैलेखमा पहिलो हो । मृतक ६ जनामा कोरोना परीक्षण गरिएको थियो भने अन्य तीन छिमेकीको ज्वरो आउने, शरीर र छाती दुख्ने र रुघाखोकी आउने लक्षणसहित मृत्यु भएको स्वास्थ्यचौकी गौरीका संयोजक रमेश लम्सालले बताए । 

उनीहरुको परीक्षणविनै बिरामी भएको पाँचदेखि आठ दिनमा मृत्यु भएको बताइएको छ । अन्य ६ मध्ये दुई जनाको भारतमा मृत्यु भएको थियो । बाँकी चार जनाको सुर्खेत र दैलेखमै उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य संयोजक लम्सालले बताए ।

कामका लागि भारत गएका स्थानीयवासी घरमा फर्केसंँगै १५ दिनभित्र नौ जनाको कोरोनाका कारण मृत्यु भएको हो । एउटै टोलमा एक सयभन्दा बढी बिरामी रहेको खबर पाएपछि उपचारका लागि चिकित्सकसहितको टोली लिएर परीक्षणका लागि पुगेको दुल्लु नगरपालिका प्रमुख घनश्याम भण्डारीले बताए।     
  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्