लेटेस्ट न्युज
advertisement1

दोस्रो चरणको कोरोनाबाट सबैभन्दा बढी युवा सङ्क्रमित

Maryada News 2021-05-16 11:44:23
दोस्रो चरणको कोरोनाबाट सबैभन्दा बढी युवा सङ्क्रमित

सुनसरीः दोस्रो चरणको कोरोना भाइरस सङ्क्रमणको प्रभाव सबैभन्दा बढी युवा वर्गमा परेको पाइएको छ। सङ्क्रमितमध्ये २१ देखि ३० वर्ष उमेर समूहका युवाको सङ्ख्या बढी रहेको स्वास्थ्य कार्यालय सुनसरीले जनाएको छ।

हालसम्मको सङ्क्रमित सङ्ख्याको २८ दशमलव नौ प्रतिशत सङ्क्रमण यस उमेर समूमा देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ। त्यसैगरी ३१ देखि ४० वर्ष उमेर समूहका २३ दशमलव ६ प्रतिशत सङ्क्रमित रहेका छन्। सङ्क्रमति हुनेमा ४१ देखि ५० वर्ष उमेर समूहका १६ दशमलव एक प्रतिशत रहेको स्वास्थ्य कार्यालय इनरुवा सुनसरीका प्रमुख सागर प्रसाईँले बताए। 

एकाउन्नदेखि ६० वर्षसम्मका व्यक्ति १२ दशमलव दुई प्रतिशत सङ्क्रमति रहेको उनले जानकारी दिए। त्यसैगरी ६१ देखि ७० वर्षका ज्येष्ठ नागरिक ६ दशमलव चार प्रतिशतमा कोरोना पोजिटिभ भएको पाइएको छ। त्यसैगरी ज्येष्ठ नागरिकतर्फकै ७१ देखि ८० वर्षको उमेर समूह तीन दशमलव एक प्रतिशत सङ्क्रमित रहँदा ८१ देखि ९० वर्ष उमेर समूह एक प्रतिशत र सोभन्दा माथिका उमेर समूह शून्य दशमलव एक प्रतिशत सङ्क्रमित भएकाे पाइएको छ।

त्यसैगरी कोरोना सङ्क्रमित १० वर्षमुनिका बालबालिकाको सङ्ख्या तीन प्रतिशत रहेको छ। ११ देखि २० वर्ष उमेर समूहका पाँच दशमलव ६ प्रतिशत सङ्क्रमित पाइएको छ।

हालसम्म जिल्लामा सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजारभन्दा बढी रहेको छ भने मृतकको सङ्ख्या ४० पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

प्रतिक्रिया

खोज्नुहोस्